पुस २३,
काठमाडौं । बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको उनले बताएका हुन् ।
आयोगको उपध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो तहका कर्मचारीलाई मोटो रकम बुझाउन पर्ने भन्दै उनले २० करोड रुयैयाँ मागेको सञ्चालक प्रसाईंले बताएका छन । यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ । ‘उपाध्यक्ष गिरीले बी एण्ड सी मेडिकल कलेजको १० प्रतिशत सेयर समेत माग गरेका थिए,’ उनले भने, ‘मेरो ज्वाइँ पनि झापाली हुनुहुन्छ, उहाँलाई १० प्रतिशत सेयर दिनुपर्छ भने ।’