भक्तपुरमा ईनारमा खसेकी महिलाको जिवितै उद्दार, भिडियो हेरौं

390

पुस १०,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले इनारमा खसेकी महिलाको जिवितै उद्दार गरेको छ ।
विहिबार विहान भक्तपुर नगरपालिका वडा नम्बर ९, नवदुर्गास्थान नजिकै दत्तात्रय पछाडी रहेको ३० फिट गहिरो ईनारमा बर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न पुगेकी थिइन् । प्रहरी परिसर भक्तपुर, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालीकाको दमकल र शसस्त्र प्रहरी बल नेपाल समेतको टोलीले उनको उद्दार गरेको हो । मानन्धरलाई बी. एण्ड बी. अस्पताल काठमाडौमा उपचारको लागि लगेकोमा पछि पाटन अस्पताल रिफर गरिएकोमा सोही अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ कुमार विक्रम थपाले जानकारी दिएका छन् ।

भिडियोः बिजय धौभडेल, जुद्ध बारुण यन्त्र भक्तपुर