“मल्लकालीन संस्कृति र ज्यातिष विज्ञान” विमोचन

353

मंसिर २८,
भक्तपुर । प्रवल गोरखा दक्षिणवाहु २०६२ द्धारा सम्मनित डा. विरेन्द्रप्रसाद कायष्ठ द्धारा लिखित “मल्लकालीन संस्कृति र ज्यातिष विज्ञान” पुस्तक आज एक कार्यक्रम गरि विमोचन गरेको छ । यस पुस्तकमा भक्तपुरको संस्कृति, संस्कारमा ज्योतिष विज्ञानको महत्वबारे चर्चा गरिएको छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नु भएको थियो । पुस्तकमा भक्तपुरको बिस्काजात्रा, गथापुगःपर्व, गाईजात्रा पर्व आदि लेखहरु समावेश गरिएको छ । पुस्तकमा भक्तपुर जिल्लाको मल्लकालिन इतिहास र संस्कृति, नेवार समुदायको इतिहास र संस्कृतिहरुको बारेमा पनि लेखहरु समावेश गरिएको छ । नेपाल जोतिष परिषद उपत्यका समितिका निवर्तमान अध्यक्ष उहाँले जोतिष बिज्ञान र रोग बिषयमा विद्यावारिधी प्राप्त र विश्व ज्यातिष विद्यापिठ कलकताबाट पिएचडी गर्नुभएको छ । उहाँले सर्वसाधारण जनता देखि राष्ट्रका सम्मानित व्यक्तिहरुको चिना हेर्ने, वर्षफल लेख्ने र बिभिन्न भविष्यवाणी गर्दै आउनु भएको छ ।
डा. कायष्ठका बिभिन्न लेखहरु प्रकाशित भइसकेका छन् । उहाँका लेखहरु १, नवग्रह र ज्यातिष २, दुर्गा पूजा पद्धति ३, कवच मन्त्र ४, लक्ष्मी पूजा पद्धति ५, ज्योतिष र रोग ६, मल्लकालिन संस्कृति र ज्योतिष विज्ञान रहेको छन् ।