कार्तिक २१,
भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभा निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ११ राजनीतिक दल र १० जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, राप्रपा संयुक्त, समाजवादी पार्टी, नेकपा माले, साझा पार्टी, नेपाली कांग्रेस (वीपी, आमूल परिर्वतन पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्ना उम्मेदरको मनोनयन दर्ता गरेका हुन् ।
जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवि प्रसाद ढकाल (डीपी), नेपाली कांग्रेसबाट कृष्णलाल भडेँल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, राप्रपा (संयुक्त)बाट रामशरण लामिछाने र राप्रपाबाट श्याम प्रसाद नेपाल उम्मेदवार रहेका छन् ।
त्यसगरि समाजवादी पार्टीबाट सुर्दशन कुमार मुनकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, नेपाली कांग्रेस (वीपी)बाट मधुसुदन न्यौपाने, आमुल परिर्वतन मसिहा पार्टीबाट डिल्ली प्रसाद चौलागाई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा रहेका छन् ।
त्यसैगरि स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा रहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १० मा उप निर्वाचन हुदैछ । यो प्रदेशको निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।