आजबाट छठ पर्वको रौनक सुरु

355

कार्तिक १४,
जनकपुर । तराई तथा मिथिला क्षेत्रमा निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व सुरु भएको छ ।
कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी उत्साहित बनेका हुन् । तिहारको समाप्तिसँगै विहीबारदेखि सुरु भएको छठ पर्वको चहलपहलले तराईवासीमा ठूलो उमंग भित्रिएको छ । सत्य र अहिंसाको बाटोमा डोर्‍याउँदै सम्पूर्ण चराचर जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको मुख्य उद्देश्य मानिन्छ । पारिवारिक सुख, शान्ति, तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ मनाइने छठलाई निकै श्रद्धा र विश्वासका साथ मनाउने गरेका छन् । महाभारतअनुसार द्रौपतिसहित पाण्डवहरुले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको कथासँग यसको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।

कात्र्तिक महिना शुक्लपक्ष चौठ तिथिबाट प्रारम्भ भई सप्तमीको दिन समापन गरिन्छ । सोहीअनुसार यो वर्ष बिहीबारदेखि सुरु भएको हो । पसलहरुमा पनि छठका लागि आवश्यक सरसामान किन्नेहरुको चहल पहल तथा भिडभाड देखिन थालेको छ । मुख्य मानिने तेस्रो अर्थात् षष्ठीको दिन निराहार र निर्जल ब्रत बसेका ब्रतालुहरु साँझपख जलाशय वा नदीको किनारमा छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अघ्र्यदान गर्छन् र सप्तमीका दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यसको विधि पूरा भएको मानिन्छ ।सोही अवसरमा जनकपुरका गंगा सागर, अरगजा सागर धनुषा सागर, रुकमिणी सागर, दशरथ तलाउ सहितका दर्जनौं पोखरीहरुलाई सजाइएको छ । त्यसका अतिरिक्त तराई विभिन्न ठाउँका नदी, तलाउ तथा जलाशय सरसफाइ गरी सिंगारिएको देखिन्छ ।

छठ पर्व मनाउनुको पछाडी धार्मिक मान्यतासँगै शास्त्रीय र वैज्ञानिक आधार पनि उत्तिकै भेटिन्छ ।
महिला प्रधान पर्वमा उनीहरूको पूजा सामग्री भरिएको छैँटा पुरुषहरुले गर्वसाँथ टाउकोमा बोकेर छठघाटमा पु¥याउने चलन रहेको यसलाई समानताको प्रतीकका रुपमा पनि लिन सकिन्छ । इमेज खबर