पुनर्निर्माणमा ढिलाइ हुँदा बालगोपालेश्वर मन्दिरबाहिरै भाइटीका

368

कात्तिक १२, २०७६ काठमाडौं : तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मिष्ठान्न दिने प्रचलन रहेको छ। दिदीबहिनीहरु नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँछन्। तर‚ २०७२ सालको भूकम्पले बालगोपालेश्वर मन्दिरमा क्षति पुर्‍याएपछि यस मन्दिरको बाहिर नै भाइटीका लगाइँदै आइएको छ। लामो समयसम्म मन्दिर पुनर्निर्माण नभएपछि यस वर्ष पनि मन्दिरबाहिर नै भाइटीका लगाइँदै छ।