हिंसा गर्नेलाई निस्तेज पार्न गृहमन्त्री थापाको निर्देशन

71

असोज २४,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शुन्य शहनशिलता अपनाई कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन्। ६४ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन्।
ु आर्थिक अनियमितता, महिला तथा वालबालिमामाथि हुने हिंसा विरुद्धको हरेक क्रियाकलाप विरुद्ध शुन्य शहनशिललता अपनाइ आपराधिक तत्वलाई निस्तेज पार्न डटेर काम गर्न सम्पुर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छुु गृहमन्त्री थापाले भने ुजनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लघन भएको र आर्थिक अनियमिता गरेको कार्य कदापि क्षम्य हुदैँन, त्यस्तालाई कारवाही गर्न कुनै हिचकिचाहट हुने छैन।ु
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमरायले प्रभाव पार्न नहुने बताए। कसुरको शिघ्र अनुसन्धान गरी संलग्न दोषी छिट्टै पक्राउ परोस भन्ने आम अपेक्षा हुनु स्वभाविक भएपनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दे उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताए।
यस्तै महानिरीक्षक खनालले लागुऔषध, मानव वेचविखन, विद्युतीय कसुर , अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौति भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुँदै गएको बताए। कार्यक्रममा कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका ४३ जना प्रहरीलाई अमर प्रहरी घोषणा गरिएको थियो।