Wednesday, October 7, 2026
Home समाचार सीको स्वागतमा राखिएको व्यानर च्यात्‍ने पक्राऊ

सीको स्वागतमा राखिएको व्यानर च्यात्‍ने पक्राऊ

139

असोज २३,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ्फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि प्रहरीले पछिल्लो २४ घन्टामा दुई जनालाई पक्रेको जनाएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।