भेनेजुएलामा औषधिको अभाव भएपछि धामीझाँक्रीको भर

186

एजेन्सी, असोज २२,
काठमाडौं । भेनेजुएलामा लामो समयदेखि औषधिको अभाव भएका कारण मानिसहरू वैकल्पिक उपचारविधि अपनाउन बाध्य भएका छन् । लामो समयदेखि बिरामी परिरहेका हजारौं मानिस धामीझाँक्रीको उपचारका कारण मर्ने स्थितिमा पुगेका छन् ।

भेनेजुएलामा चरम आर्थिक संकटका कारण चर्को मूल्यवृद्धिका साथै औषधिको अभावका कारण उपचार चाहिएका मानिसहरूसँग अन्य विकल्प पनि छैन ।

हालैका महिनामा उपलब्ध गराइएका मानवीय सहायताहरूले औषधि आपूर्तिमा केही सहजता ल्याएको भए पनि स्वास्थ्यसेवामा काम गर्नेहरूले औषधिको अभावै रहेको बताएका छन् ।

औषधिविक्रेताहरूको संघले औषधिपसल र अस्पतालमा चाहिने औषधिको २० प्रतिशत मात्र रहेको जनाएको छ । लगभग ३० हजार मानिस लामो समयदेखि बिरामी भएर उपचार गराइरहेका छन् तर औषधिको अभावका कारण उनीहरू मर्ने स्थितिमा छन् ।

भेनेजुएलाका पेटारे जस्तो गरीब क्षेत्रमा रोगीहरूले औषधिको चर्को मूल्य तिर्न नसक्ने स्थिति छ । त्यसैले उनीहरू वैकल्पिक उपचारको खोजीमा छन् । पेटारेमा अहिले धामीझाँक्रीहरूको व्यापार चम्केको छ ।