असोज २१,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा सर्वसाधारणहरुलाई दसैँको टीका लगाइदिएकी छन्। यसअघि राष्ट्रपतिले मंलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डे र हनुमान ढोकाका मूल पूजारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी थिइन्।
प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख लगायतका उच्च पदस्थ व्यक्तिहरु राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न राष्ट्रपति भवन शितल निवास पुगेका थिए।भिआईपीलाई टिका लगाइसकेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी हुन्।