असोज २१, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि हिम्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी मनाएका छन् ।दूतावासमा आयोजित कार्यक्रममा टीका र जमरा लगाएर उनले दशैं मनाएका हुन् ।
ढाका टोपीमा सजिएर टीका र जमरा लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै उनले सर्वसाधारणमा खुशी, शान्ति र मायाको कामना गरेका छन् । उनले अर्को पोष्टमा नेपाली गीतमा नृत्य गरेको भिडियो पनि राखेका छन् ।
उनले लेखेका छन्, ‘दशैंको शुभकामना । म राम्रोसँग नाँच्न त जान्दिन तर, दूतावास परिवारको दशैं विशेष वार्षिक कार्यक्रममा नृत्य नगरी रहन सकिन ।’