-सरु बस्नेत
सबको घर उल्लासमय बनोस् दसैँ तिहार
हाँसो र खुसीसाथ मनाइयोस् दसैँ तिहार ।
घाँटी हेरेर हाड निल्नुपर्छ बुद्धिमानी यही
नहुनेका घरमा पनि आओस् दसैँ तिहार ।
जस्तो छ त्यस्तैमा चित्त बुझाउने बाध्यता
ॠणमा डुब्ने बाध्यता नपरोस् दसैँ तिहार ।
शिरमा जमरा र रातो टीका लगाएर मान्ने
आशीष थाप्ने विशेष पर्व होस् दसैँ तिहार ।
दिदीभाइको पर्व,सप्तरङ्गी टीका ,मखमली
अझै हर्षोल्लासका साथ बितोस् दसैँ तिहार ।।
निजगढ, बारा