दुबईमा गाडी दुर्घटना हुँदा एक नेपालीसहित ८ जनाको मृत्यु

305

असोज १३
काठमाडौं । युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईमा गाडी दुर्घटना हुँदा एक नेपालीसहित ८ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासले मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक समेत रहेको पुष्टि गरेको छ । दुबई प्रहरीका अनुसार अन्य मृतक एसियाली राष्ट्रका रहेको र दुर्घटनामा पर्नेहरु सबै एसियाली देशका नागरिक भएको बताएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।