ईदमा सलमान र अक्षयको हुने भो भिडन्त

153

एजेन्सी, असोज ९,
मुम्बई । अन्तिम समयमा ‘इंन्शाल्लाह’को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए। सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो। अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको ‘राधे’ नामक सिनेमा रिलिज हुने भएको छ। सलमानको सो सिनेमा अक्षय कुमार स्टारर ‘लक्ष्मी बाम्ब’सँग जुध्नेछ।

सलमानको नयाँ सिनेमालाई प्रभू देवाले निर्देशन गर्नेछन्। भारतीय संचारमध्यमका अनुसार सलमानले आफ्नो आगामी रिलिज ुदबंग ३ुको रिलिज अगावै ुराधेुको केहि भाग सुटिङ गर्नेछन्।