बाटो छेउमा शौच गरेको भन्दै दुई बालबालिकाको कुटेर हत्या

154
सांकेतिक तस्विर

एजेन्सी, असोज ९,
काठमाडौं । भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी हत्या गरेका छन् । घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए । पुलिसका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर हमला गरे ।

पुलिसका अनुसार दुई अभियुक्तलाई पक्राउ गरिएको छ । घटनापछि तनावका कारण क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे । उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’ घटनापछि पुलिसले दुई बच्चाको शवलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएका थिए ।