कक्षाकोठाको भवन भत्किँदा ७ विद्यार्थीको मृत्यु

78

असोज ६,
नैरोबी । पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी शहर नैरोबीमा अवस्थित १ बिद्यालयको कक्षाकोठा भत्किँदा ७ जना बालबालिकाको मृत्यु भएको छ । सोमबार भएको सो घटनामा परी अन्य ५७ जना घाइते भएका केन्याका सरकारी प्रवक्ताले पुष्टि गरेका छन् । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको जनाइएको छ । यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ ।