असोज ३,
काठमाडौं । संविधान दिवसका अवसर विभिन्न स्थानमा पुग्ने यात्रुलाई लक्षित गरी सुन्दर यातायातका प्रालिले सञ्चालनमा ल्याएको विद्युतिय बसमा भाडा तिर्नु नपर्ने व्यवस्था ल्याएको छ । बुधवार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुमा नम्बर प्लेट राखेसँगै कम्पनीले भाडा सहितको सेवा सुरु गरेको भएपनि आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको सुन्दर यातायात प्रालिले जानकारी गराएको हो । निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारी कम्पनी सुन्दरले गत भदौ २३ गतेबाट सेवाको सुरुवात गरेको थियो ।
यी रुटमा निशुल्क
सुन्दर यातायातका बसमा यात्रा गर्ने चक्रपथ, नारायणथान, जावलाखेल—मेडिसिटी अस्पताल, गोगंवु सामाखुसी गौशला कोटेश्वर सल्लाघारी ढुंगेअड्डा—कलंकी—त्रिपुरेश्वर—वीरअस्पताल—जमल—कृष्णपाउरोटी—रोतोपुल—गौश्ला—चावहिल साथै सूर्यविनायक—कोटेश्वर—बानेश्वर—वीरअस्पताल र जमल लगायतका स्थानमा आवतजावत गर्नका लागि यात्रुले निशुल्क यात्रा गर्न पाउनेछन् ।