नेता, कर्मचारीले कसले कति लिएका छन् खोल्नुहोस् : नेता नेपाल

335

असोज २,
काठमाडौं । मुलुकमा भ्रष्टचार डरलाग्दो रुपमा रहेको छ त्यसलाई वाहिर ल्इाउन खावश्क भएको भन्दै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेता कर्मचारीले व्यवसायीवाट कति लिएका छन् खोल्न (भन्न) आग्रह गरेका छन् । बुधवार राजधानीमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा नेता नेपालले भने आयोजनाको लागत बढ्नुमा मात्रै होइन काम ढिलो हुनुमा पनि भ्रष्टचार नै समस्याको रुपमा छ । “तपाईहरुले नेता, कर्मचारी, स्थानीय क–कस्लाई के कति दिनु भएको छ, कसले कति खान्छ खोल्नुहोस” भन्यो भने अप्ठेरो पर्दछ भनेर चुप लगेर बस्दा भ्रष्टाचार संस्थागत हुने गरेको दावी गरे । देशको विकासका लागि सवैले आ–आप्नो जिम्मेवारी पुरा गर्न पर्नेमा जोड दिदै नेता नेपालले भने हामि कुरा ठुलो काम चने गरिरहेका छैनौं ।