बुद्ध एअरको स्पष्टीकरण : एकै भागमा धेरै वजन भएपछि जहाज ढल्किएको थियो (विज्ञप्ति सहित)

959
सांकेतिक तस्विर

भदौ ३०,
काठमाण्डौ । बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ । काठमाण्डौबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो ।