संसदमा फेरि कांग्रेसको अवरोध

421

भदौ ३०,
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभामा अवरोध गरेको छ। बाँकेको खजुरामा भदौ २६ गते भएको जनजागरण कार्यक्रममा क्रममा नेकपाका कार्यकर्ताबाट आफ्ना कार्यकर्ता कुटिएको भन्दै कांग्रेसले संसदमा अवरोध गरेको हो। बैठकको सुरुमै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरा घटनाका दोषीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताइन् ।

त्यसपछि समय लिएर बोल्दै नेकपा सांसद नन्दलाल रोकायले बाँकेको खजुरामा केही युवाले कांग्रेसको कार्यक्रममा गरेको आक्रमणको घटनालाई राजनीतिकरण गरिएको भन्दै आपत्ति जनाए । त्यसपछि उभिएर संसदमा अवरोध गरेका कांग्रेसका सांसदहरु नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका हुन्।