भदौ २२,
काठमाडौं । पूर्व समय सुधार राष्ट्रिय समाजले आज बडादशैंको टीका लगाएको छ । समाजको काठमाडौं शाखाको आयोजनामा भएको सामुहिक टीका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले लगाइदिनु भएको हो । एकै ठाउमा करिव सय भन्दा वढी समाजका सदस्य र सर्वसधारणले टिका थापेको समाजका सचिव वलराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आज काठमाडौंका विभिन्न स्थान, चितवन, गोर्खा, कास्की, लगाएतका जिल्लाहरुमा पनि टीका लगाएको छ । प्रमाणिक समय भन्दा हाल भन्दै मनाउदै आएको समय तिथीम एक महिना र मितिमा २४ दिन फरक परेको देखिन्छ ।