भदौ १८,
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस पार्टी भित्र एकले अर्कोलाई बिश्वास गर्ने बाताबरण नभएको बन्दै अब त्यस्तो बाताबरण सिर्जना गर्नुपर्ने बताएका छन। उनले फलानोलाई बिश्वास गर्दा म सकिन्छु भनेर शंका पाल्ने मानसिकता हटाउन जरुरी भएको जिकिर गरे। उनले कांग्रेस बाट बिद्रोही उम्मेदवार बनेकाहरुलाई फुल माला लगाउने प्रवृत्तिको अन्त्य हुन पर्नेमा पनि जोड दिए।
जबसम्म बिद्रोही र पार्टी हित बिपरित काम गर्ने नेताकार्यकर्तालाई कार्वाही गर्न सकिदैन तबसम्म पार्टी भित्र अनुशासनको अभाव हुने ठोकुवा पनि गरे। उनले नेपाल विद्यार्थी संघलाई सभापति शेर बहादुर देउवाले खारेज गरे भनेर आरोप नलगाउन पनि नेताहरूलाई आग्रह गरे। नेपाल विद्यार्थी संघको म्याद सकिएपछि स्वत खारेज हुने प्राबधान भएकाले त्यसमा सभापतिलाई मुछ्नु बिल्कुलै गलत भएको टिप्पणी केन्द्रिय सदस्य राठौरले गरे














