एटिएमबाट पैसा चार्ने थप एक चिनियाँ व्यक्ति विमानस्थलबाट पक्राउ

162

भदौ १६,
काठमाडौं । बैंकको एटिएम बुथबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्।

यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। फरार तीन जनामध्ये सु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सु चीन जाने तयारीसाथ विमानस्थल पुगेका थिए। उनको साथबाट पाँच हजार अमेरिकी डलर बरामद भएको परिसरले जनाएको छ।

आठ जना चिनियाँ नागरिकले उपकरण प्रयोग गरी आधा दर्जन बैंकको एटिएम बुथबाट पौने दुई करोड रुपैयाँ निकालेका थिए।