मिटरब्याज लगाउँदै ठगी गर्ने पक्राउ

183
सांकेतिक तस्विर

भदौं १५,
काठमाडौं । पैसा ब्याजमा लगाई (मिटरब्याज) ठगीगरेको आरोपमा सर्लाहीका श्याम परदेशी पक्राउ परेका छन् । प्रदेशीलाई आइतबार साझ ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो ।
उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी ठगी गरेको पीडितको आरोप थियो । गाउँमा सोझासिदा नागरिकलाई तमसुक बनाई चर्को व्याजदरमा ऋण प्रवाह गर्ने, परिवारका सबै सदस्यलाई ऋणी बनाउने र भनेजति पैसा नदिए लेनदेनको मुद्धा चलाएर दुःख गरेका थिए । -ratopati