त्रिभुवन विमास्थलमा कतार एयरवेजको जहाजमा चरो ठोक्कियो

331

भदौ १५,
काठमाडौं । त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि उड्न लागेको कतार एयरवेजको एउटा जहाजमा चरो ठोक्किएको छ । मध्यान्ह १२ बजेर १० मिनेटमा उड्ने तयारीमा रहेको कतार एयरवेजको क्युआर६४५ जहाजमा धावन मार्गमै चरो ठोक्किएको हो। त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उड्न तयार जहाजमा धावनमार्गमै चरो ठोक्किएपछि उडान रद्द गरिएको छ । चरो ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए ।