दिपकराज गिरी भने चलचित्र विकास वोर्ड विघठन गरे हुन्छ, ‘नेपाली फिल्म नबानाऊँ’

739

भदौ १५,
काठमाडौं । निर्माता तथा कलाकार दिपकराज गिरीले नेपाली फिल्ममा भैरहेको विदेशी फिल्ममा भैरहेको हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चलचित्र विकास बोर्ड विघटन गर्न संचार मन्त्रालयलाई सुझाव दिएका छन् । गिरीले उनी, अहिले वितरण कम्पनी एफडीका शेयर होल्डर समेत हुन् ।

पढ्नुस, दिपकको स्टाटस

संचार मन्त्रालयलाई सुझाब :
चलचित्र बिकास बोर्ड बिघठन गरे हुन्छ कि ?
सरकारको बिद्यमान नीति अनुसार हामिले २ करोड खर्च गरेर नेपाली भाषाको फिल्म बनाउनुको कुनै अर्थ छैन । नेपाली फिल्म खास चल्दा पनि चल्दैन । राम्रो नि हुदैन
त्यहि २ करोडमा त शाहरुखÞ खान, सलमानको फिल्म, लगायत एक से एक बिदेशी फिल्म हरू आउँछन् ।

ती फिल्महरू किनेर ल्याउने चलाउने । नेपाली फिल्म भन्दा सुरक्षित पनि छ हिन्दी फिल्म । राज्यले रातारात सेन्सर गरिदिइ हाल्छ, सुबिधा दिन्छ, हलहरूले पनि बिशेष स्थान दिन्छन् । किन टाउको दुखाउने बेकारमा ?

सबै मिलेर नेपाली फिल्म नबनाऔ बिदेशी फिल्म किनेर चलाउँ । भाषा संस्कृति भाँडमा जाओस् । ब्यापार मुख्य कुरा हो नि । त्यसपछि बिकाोस बोर्ड पनि चाहिन्न राज्यको खर्च पनि कम हुन्छ करै उठाउने काम त कर कार्यालय ले गरिहाल्छ नि होइन र ? व्यक्तिगत सुझाव हो है यो !