रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

828

भदौ ८,
काठमाडौँ । चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।