राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले दिए सामूहिक राजीनामा

165

भदौ ६,
काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले बाध्य भएर राजीनामा दिएको बताएका छन्। उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनु परेको उल्लेख गरेका छन्।

यस विषयबारे उपकुलपति प्राडा संगीता भण्डारीलाई पटकपटक जानकारी गराएको र काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दा समेत बेवास्ता भएको उनीहरुको आरोप छ। उनीहरुले उपकुलपतिलाई नै सम्बोधन गरेर सामूहिक राजीनामा दिएका छन्।