भक्तपुरमा ‘नारायणमान काण्ड हुन्छ’ भन्दै कांग्रेस सभापति थापाले दिए चेतावनी

1399

भदौं ५,
भक्तपुर । नेपाली  कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा अब ह्याजु काण्ड नभएर नारायणमान काण्ड हुने चेतावनी दिएका छन् । पार्टीले विहिबार ‘भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप’ गरेको विषय आयोजित पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले यस्तो चेतावनी दिएका हुन् । अस्पताल व्यवस्थापन समितिले कुनै गल्ती गरको भए राज्यका जिम्मेवार निकायले छानविन गर्नु पर्ने तर नेपाल मजदुर किसान पार्टीले अनावश्यक हस्तक्षेप गरेको भन्दै सभापति थापाले विरोध गरे । २०४५ सालमा भक्तपुरमा घटेको ह्याजु काण्डलाई सम्झदैं थापाले भने “अब यहाँ ह्याजु काण्ड होइन, नारायमान बिजुक्छे, सुनिल प्रजापति र प्रेम सुवाल काण्ड हुन्छ । ” ख्वप कलेज, उच्च मावी र नगरपालिकाले उपभोक्ता समितिको नाममा गरेको भ्रष्ट्रचार नदेख्ने भन्दै उनले प्रश्न गरे के म गएर भक्तपुर नगरपालिकाको कुर्सीमा बसु ? एउटा संस्थाले चलाएको अस्पतालमा आफ्नो क्षेत्र बाहिर गएर हस्तक्षेप गरेकाले उक्त कार्य तुरुन्त बन्द गर्न समेत सभापति थापाले आग्रह गरेका छन् ।