श्रमिकको मुद्दा स्थापित गर्न पार्टी नेतृत्वको विपक्षमा उभिन पनि तयार छु : नेता खाड

399

साउन ३०,
काठमाडौ । नेपाली कांग्रेसका नेता एवं संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाडले आफु श्रमिकको मुद्दा स्थापित गर्न पार्टी नेतृत्वको विपक्षमा उभिन पनि तयार रहेको बताउनु भएको छ । ट्रेड युनियन लोकतन्त्रको जग भएको उल्लेख गर्नु हुँदै पार्टीमा श्रमिकको प्रतिनिधित्व र मुद्दाहरुमा यदि पदाधिकारीहरु मान्नु हुन्न भने ट्रेड युनियन कांग्रेसले विरोध गर्न सक्नु पर्ने र त्यस अभियानमा आफ्नो साथ हुने बताउनु भयो ।

बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ू नेपाली कांग्रेस र ट्रेड युनियन कांग्रेसबिचको सम्बन्ध ू विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो विचार राख्नु भएको हो । उहाँले थप्नु भयो ( ट्रेड युनियन भनेको ट्रेड युनियन जस्तो हुनु पर्‍यो ,चुपचाप बसेर कसैले केहि अधिकार पाइदैन । यदि पार्टी नेतृत्वले गतल गरेका छन् भने त्यसको विरुद्ध दरो आवाज उठाउन सक्नु पर्छ , तपाईहरुको साथमा म उभिन तयार छु । उहाँले थप्नु भयो ( अधिकार पनि खोज्ने , प्रतिनिधित्व पनि खोज्ने तर नेताहरु मेरो आफ्नै दाई जस्तो देखिनु हुन्छ भनेर गलत कुराको समेत प्रतिवाद नगरी संस्थागत भन्दा बढी व्यक्तिगत सम्बन्ध राखेको देख्छु , प्रमुख समस्या नै यहि हो । ू नेता खाडले घुमाउरो भाषामा व्यक्तिगत चाकडी गर्न छाडी संस्थागत सम्बन्ध बलियो नबनाएकै कारण केहि समस्या आएको औलाउनु भयो ।

यसैगरी वर्तमान सरकार दुई तिहाईको दम्भमा विभिन्न विधेयकहरु आफु अनुकुल ल्याउन खोजे पनि संविधानको मर्म विपरीत हुने ऎनहरुलाई संसदबाट पास हुन नदिने स्पष्ट पार्नु भयो । कार्यक्रममा उपस्थित ट्रेड युनियनकर्मीहरुले राखेको जिज्ञसाको जवाफ दिनु हुदै सरकार भ्रष्टाचार र अलोकतान्त्रिक शैलीबाट अगाडि बढिरहेको अवस्थामा समेत पार्टीमा गुटबन्दी मौलाएको, मुद्दामा मतभेद हुनु पर्नेमा गुटको मतभेद हुने, पार्टी कै नेताहरु पार्टी विरुद्ध बोल्दै हिड्ने , न्युनतम अनुशासनमा नबसि खोटाङ ओखलढुंगाबाट मात्र नभई अमेरिका बेलायतदेखी आएर पार्टी हराउन लाग्ने चर्च गर्नु हुँदै पार्टी संचालन अव्यवस्थित भएकै कारण समस्या आएको स्विकार्नु भयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन आन्दोलन लोकतन्त्रको जननी भए पनि परिवर्तनपछि दलका नेताहरुले श्रमिकलाई बेवास्ता गरेको उल्लेख गर्नु हुँदै श्रमिकको हक हित र अधिकार सुनिश्चित गर्न पार्टी विरुद्ध लड्न समेत तयार हुने स्पष्ट पार्नु भयो । ट्रेड युनियन कांग्रेसका संस्थापक कोषाध्यक्ष राजेन्द्र बहादुर राउतले श्रमिकको बलबाट प्राप्त लोकतन्त्रमा समेत श्रमिकहरुको समस्या जहाँको त्यही रहेको उल्लेख गर्नु हुँदै औपचारिक र अनौपचारिक क्षेत्रको छुट्टै नीति बनाई समस्या समाधान गर्नु पर्ने बताउनु भयो । दक्षिण एसियाली ट्रेड युनियन परिषद ९ सार्कटुक ० का महासचिव लक्षमण बहादुर बस्नेतले संविधानमा व्यवस्था भएको श्रमिक र कृषकको प्रतिनिधित्व नभएको बताउनु हुदै तत्काल श्रमिक र कृषक क्लष्टर अनुसार प्रतिनिधित्व गराउनु पर्ने माग गर्नु भयो । ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले कांग्रेसले आफुले गरेको राम्रो कामको समेत प्रचार गर्न नसकेको बताउनु भयो । सल्लाहकार गणेश निरौलाले कांग्रेसले श्रमिक सम्बन्धि सबै ऎन कानुन ल्याएको भए पनि राम्रो कामको प्रचार नगरी गुटबन्दीको राजनीतिमा अल्झेकाले समस्या आएको बताउनु भयो । सल्लाहकार रिता खनालले जनताको माझ पुग्ने र वर्तमान सरकारको विरुद्धमा लड्न सक्ने शक्ति ट्रेड युनियन कांग्रेस रहेको बताउनु भयो । यसैगरी कांग्रेसको रोग पत्ता लागिसके पनि नेताहरु औषधि खान नमानेकै कारण पार्टी रोगले ग्रस्त भएको आरोप लगाउनु भयो । अर्का सल्लाहकार अच्युतराज पाण्डेले लोकतन्त्र ल्याउन ट्रेड युनियन कांग्रेसले ढुकुटी बन्द गर्ने देखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने काम गरे पनि अहिले श्रमिकलाई बुझ्न नसक्नु कांग्रेसको ठुलो भुल भएको बताउनु भयो ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादवले कार्यक्रममाथी प्रकास पार्नु हुदै ट्रेड युनियन कांग्रेस कमजोर भए पार्टी पनि कमजोर हुने, हरेक राजनीतिक आन्दोलनहरुमा ट्रेड युनियन कांग्रेसको अहम भुमिका रहेको,कांग्रेसले ल्याउन लागेको बिनिमयले ट्रेड युनियन कांग्रेसलाई असर पर्ने, वर्तमान सरकार ट्रेड युनियनलाई नियन्त्रण गर्न उद्द्त रहेको , पार्टीमा र संविधानमा उल्लेख क्लष्टर अनुसार श्रमिकको प्रतिनिधित्व गराउन नसकेकोले पार्टी र ट्रेड युनियन कांग्रेसबिचको सम्बन्धबारे अन्तरक्रिया गर्नु पर्ने अवस्था आएकोले अगामी दिनहरुमा संस्थागत सम्बन्धको अपेक्षा राखेको बताउनु भयो । कार्यक्रममा संस्थापक कोषाध्यक्ष राजेन्द्र बहादुर राउतलाई ट्रेड युनियन कांग्रेसले श्रमिक आन्दोलनमा पुर्‍याउनु भएको योगदानको मुल्यांकन गर्दै सम्मान समेत गरेको छ । कार्यक्रममा स्वागत राजनीतिक विभागका संयोजक अयोध्या प्रसाद यादव, सहजीकरण महासचिव योगेन्द्र कुवर र ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले अध्यक्षता गर्नु भएको थियो ।