फन् भ्यालीका मालिकले बिना सूचना पसले भत्काए

507

साउन १८,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर- १०, मा रहेको काठमाडौ फन् भ्याली पटक पटक विवाद मुछिदैं आएको छ । कहिले कर कार्यालयको छापा, कहिले स्थानीयसंगको विवाद हुने गरेकोमा शुक्रबार अर्को घटना बाहिर आएको हो । उक्त फन भ्यालीको बाहिर व्यापार गर्दै आएका एक स्थानीयको पसल बिना सूचना भत्काएको र क्षतीपूती नदिएको भन्दै उनले वडा कार्यालयमा उजुरी दिएका छन् । दिनेश केसी र सुजन खत्रीले सूर्यविनायक वडा नम्बर ९ कार्यालयमा सहमति अनुसार संचालक भोगेन्द्र गुरागाइले क्षतिपूती नदिएको निदेवन दिएका हुन् । साक्षी समेत राखेर दिने भनेको ५ लाख रुपैँया नदिएको उनीहरुले निवेदनमा उल्लेख गरेका छन् ।