साउन १०,
काठमाडौँ । सामना म्युजिक क्रियशन प्रा.लि.द्वारा आयोजित राष्ट्रिय साधना म्युजिक अवार्ड–२०७६मा लोक दोहोरी नव सङ्गीतकार शान्त शिशिर सम्मानित भएका छन् । नेपाली गीत–सङ्गीत क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको अवार्ड समारोहमा उनी सम्मानित भएका हुन् ।
समारोहमा कुल ३८ विधामा अवार्ड वितरण गरिएको थियो । शिशिरले लोक दोहोरी सङ्गीत विधाका लागि अवार्ड पाएका हुन् । पूर्व महिला तथा बालबालिका मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा ट्रफी र सम्मानपत्रसहित उक्त अवार्ड प्राप्त गर्नु भएको थियो । शिशिर करिब एक दशक अघिदेखि गीत लेखन रचना तथा सङ्गीत सिर्जनामा क्रियाशील रहिआएका छन् ।
यसै गरी लोक दोहोरी गायनको विधामा रामजी खाँण, गायिका विष्णु माझीलाई अवार्ड प्रदान गरिएको थियो ।