साउन ४,
रौतहट । रौतहटको कटहरिया नगरपालिका ७ घरभई बारामा बस्दै आएका एक बृद्धको बिषालुु सर्पदंशबाट मृत्युु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकामा वडा न ३ बतरा टोलमा बस्दै आएका रौतहट कटहरिया ७ का ७४ वर्षीय नथुनी राम चमारको सर्पदंश बाट मृत्युु भएको हो । आज बिहान साढे ६ बजेको समयमा दिशा गर्न चर्पी गएका बेला उहाँलाई चर्पीमा बस्ने वित्तिक्कै बिषालुु सर्पले टोकेका थियो ।
सर्पले टोकने बित्तिक्कै रामले कराउँदै बाहिर निस्किँदै गर्दा सर्पले दोहोर्याएर टोकेको पीडित परिवारको भनाई छ । लगातार दुईपटक सपले टोकेको र समयमै अस्पताल पुरयाउन नसकेको कारण शरीरभर विष फैलिएकाले उपचार हुन नसकी मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक राम पछिलो दुुईबर्षदेखि बाराको कोतवालस्थित छोरी ज्वाईको घरमा बस्दै आएका थिए । अविरल बर्षा र बाढीपश्चात तराईका जिल्लाहरुमा सपंदर्शका घटना बढेको छ ।