Tuesday, September 29, 2026
Home समाचार विज्ञापन बिरुद्ध लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन

विज्ञापन बिरुद्ध लोक सेवा आयोगको कार्यालय अगाडि प्रदर्शन

238

साउन २,
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन फिर्ता लिन माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।

आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शन गरे भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका थिए। आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन्।

आयोगले शुक्रबारदेखि लिखित परीक्षा लिँदैछ। परीक्षा हुनु एक दिनअघि महासंघले केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेको हो। यसअघि माइतीघर मण्डलमा महासंघले प्रदर्शन गरेका थिए।