हामी जीवन खोज्दै छौं, प्रधानमन्त्री मृत्युको समाचार बाँडिरहनु भएको छ

297

असार २५,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिका सपना मारेर कस्तो देश बनाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। भोजपुरमा बुधबार एक प्रहरी जवान र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको घटनालाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘एक प्रहरी, अर्का विद्रोही युवाको परिवारको सपना आज मारिएको छ।’

उनले कति मानिसलाई मारेर कस्तो देश बनाउने सपना प्रधानमन्त्रीसँग छ भनेर पनि प्रश्न गरेका छन्। ‘कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँसँग?,’ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन्।