Tuesday, October 27, 2026
Home राजनीति प्रचण्डलाई बाबुरामको जवाफ : कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू...

प्रचण्डलाई बाबुरामको जवाफ : कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?

455

असार २०,
काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनाङेहरु भएको पार्टीमा आफ्नो आवश्यकता नहुने बताएका छन्।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नोबारे गरेको टिप्पणीको जवाफ दिँदै मनाङे जस्ता बौद्धिक नेताहरु भएको ठाउँमा आफ्नो कुनै भूमिका नहुने कटाक्ष गरेका हुन्।  अध्यक्ष दाहालले बाबुरामप्रति इङ्गित गर्दै उनी जस्ता बौद्धिक नेताहरु कम्युनिष्टहरुले सामाजिक न्यायका लागि बल गरेका बेला यहीँ लाग्नुपर्ने बताएका थिए। अध्यक्ष दाहालले सम्बोधनका क्रममा आफ्ना पूर्वसहयोद्धा बाबुराम भट्टराईलाई पनि सम्झिँदै उनको बौद्धिकता अन्त काम नलाग्ने बताएपछि बाबुरामले जवाफ दिएका हुन्।  ‘उहाँहरुले हामीलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ बनाउँछु भनेर हिँड्नु भएको छ। बाबुरामजीको बौद्धिकताले अन्त गएर कहीँ सकारात्मक परिणति दिएको देखिँदैन’, दाहालले भनेका थिए, ‘कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामको बौद्धिकताको अर्थ छैन ।’

तर त्यसको जवाफ दिँदै प्रचण्ड नेतृत्वको नेकपालाई बाबुरामले ‘कमाउनिष्ट’ पार्टीको संज्ञा नै दिए । ‘कमरेड दीपक मनांगे जस्ता ‘बौद्धिक’भएको ‘कमाउनिष्ट’पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र?’, बाबुरामले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् आफ्नो धारणा राख्दै भनेका छन्। -Thahakhabar.com