प्रधानमन्त्री रोजगार कार्यक्रम : राउटेलाई रुख रोप्ने रोजगारी

300
तस्बिर हिक्मतबहादुर नेपाली (रासस)

असार १९,
दैलेख । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको छ । उनीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काममा लगाइएको गाउँपालिका अध्यक्ष खेमराज वलीले टेलिफोनमा बताए । ‘राउटेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरेका हौं’, अध्यक्ष वलीले भने, ‘उहाँहरूलाई वृक्षरोपण कार्यक्रममा सहभागी गराएका छौं ।

तस्बिर हिक्मतबहादुर नेपाली (रासस)

समय पुगेछ भने उहाँहरूको गाउँ जाने गोरेटो बनाइनछ ।’ उनका अनुसार राउटेले चालू आर्थिक वर्षको बाँकी १२–१५ दिन काम गर्नेछन् । अर्को वर्ष उनीहरूले काम गर्न चाहे एक परिवारबाट एक जनालाई रोजगारी दिइनेछ । राउटेको कुल जनसंख्या १ सय ४६ छ । ४६ घरधुरी छन् । राउटेलाई गाउँपालिकाको वडा नम्बर ८ मा बस्ने स्थान तोकिएको उनले सुनाए ।