आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

178

असार १८,
काठमाडौं । भारतीय फिल्म आईफा अवार्ड नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताएका छन् । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो। अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो। सबैगरी यो कार्यक्रममा नेपाल सरकाको १ अर्ब खर्च हुने अनुमान गरिएको थियो।

४० लाख अमेरिकी डलर नगद, सहभागीका लागि हवाइ टिकट, होटल तथा स्थानीय यातायातका नाममा २५ करोडसम्म खर्च हुने अनुमान थियो। त्यस्तै सुरक्षा तथा अन्य व्यवस्थापनमा पनि करोडौं खर्च हुने पर्यटन बोर्डको प्रक्षेपण थियो। सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो।