नेपाली सेनाले सुरु गर्यो यस्तो अभियान

71

असार १४, काठमाडौं ।
नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा रोपे ।

सेनाले ‘एक जवान एक रुख’ ९फलफूलको बोटसहित० रोपण अभियान सैनिक मुख्यालय जङ्गीअड्डाबाट शुक्रबार शुरु गरेको थियो । शुक्रबार सेनाले त्यहाँ २५० फलफूलका बिरुवा रोपेको थियो ।
सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपण कार्यक्रमलाई सहयोग पु¥याउने हेतुले सेनाले उक्त अभियान प्रारम्भ गरेको प्रधानसेनापति थापाले बताए ।