असार ११,
काठमाडौँ । सोलुखुम्वुको पिकेमा विभिन्न लोपउन्मुख वन्यजन्तु तथा प्रतिवन्धित जडिवुटी तस्करी र संकलन गर्न तस्करलाई सहयोग गरेको भन्दै वन रक्षक सन्जिव कुामार झा विरुद्ध वन विभागमा उजुरी परेको छ । सोलुखुम्वु जिल्लाको लिखुपिके गाँउपालीका वडा नं (१ गोलीमा डिभिजन वनकार्यालय सोलुखुम्वु र प्रहरीको संयूक्त टालीले वरामत गरी अनसन्धान जारी राखेको वेला सो वन क्षेत्रका वन रक्षक ९रेन्जर० सन्जिव कुामार झा विरुद्ध नै उजुरी परेको हो ।
रेन्जर झाले वन कार्यालयमा उजुरी पर्ने विक्तिकै वन्यजन्तु चोरीसिकारी तथा जडिवुटी संकलन कर्ता अम्वर वहादुर तामाङलाई फोन गरि भगाएको उजुरीमा उल्लेख गरिएको छ । उजुरीकर्ताको दावी अनुसार तामाङको मोवाइल नम्वर ९७४१३०८७११, ९७४३१०५८७७ मा फोन वारम्वार हुने गरेको र उजुरी पर्ने विक्तिकै झाले जनाकारी गराएको जनाएको छ ।
त्यस उजुरी पछि घटनामा अनुसन्धानको दायरा वढेको छ । रेन्जर झाले कार्यालयको लेटरप्याड, छाप र सहीको अवैघ कार्य गर्न दुरुपयोग गरेको भन्दै झालाईृ अवैध धन्दावाट आर्जित सम्पतिको अनुसन्धान गर्न सम्पति सुद्धिकरण अनुसन्धान विभागमा लेखि पठाउन समेत माग गरिएको छ । वन कार्यालय र प्रहरीको संयूक्त टोलीले वरामत गरेको वन्यजन्तुका अङ्गहरु तथा प्रतिवन्धित जडिवुटीको पैहिचान तथा परिक्षण भैरहेको डिभिजन वनकार्यालय सोलुखुम्वुले जनाएको छ । जसमा लहरे धुपी, वुकीफुल, भालुको टाउको खप्पर, कस्तुरीका अङ्ग, बाघको अङ्ग लगाएतका विभिन्न प्रतिवन्धित जडिवुटी रहेको पाराम्भिक अनुमान गरिएको छ । रक्षकनै भक्षक भएको भन्दै स्थानीयहरु निकै आक्रोसित भएका छन् । उजुरीमा गम्भीरता पूर्वक छानविन गरी अभियूक्त उपर कार्वाहीको माग गरिएको छ ।













