असार ८,
भक्तपुर । केहि वर्ष अगाडि सम्म जेठ महिनाको अन्तीम साता सम्म धेरै रोपाई भइसक्ने भक्तपुरका विभिन्न ठाउँका फाटँहरु आजभोली बाँझै छन् । पर्याप्त आकाशे पानी नपर्दा किसानलाई यति बेला विउ व्याँड मै सुकेर जाला कि भन्ने चिन्ताले सताएको छ । वर्षातको समय भएपनि पर्याप्त पानी नपरेका रोपाई हुन् नसेकेको चागुँनारायण नगरपालिका झौखेलका किसान भरतप्रसाद शभार्ल बताए ।
उनका अनुसार सहकारीमा लाईन बसेर मुस्किले एक बोरा मल पाइन्छ, त्यसले सबै खेललाई पुग्दैन् । ‘रोपाईको समयमा सधै मल र काम गर्ने खेतलाको अभाव हुदाँ वर्षेनी हामीले समस्या भोग्दै आएका छौं, ’ झौखेलका दीपक दाहालले भने ।
सामान्य तथा धानको विउ राखेको २० दिन पछि विउ रोप्न मिल्ने भएपनि आकाशबाट परेको पानीको भरमा हुने रोपाई रोकिएको किसानहरु बताँउछन् ।
काम गर्ने जनशक्ति नभएका घरहरुको रोपाई एक अर्कोको आलो पालो गरी गर्ने खेतमा रोपाई गर्दै आएका छन् ।
तर मनशुन सुरु भएपनि खेतको गरा भरी जम्ने गरी पानी नपर्दा रोपाई गर्नलाई साह्रै समस्या भएको उनीहरुको भनाई छ । छिटपुट वर्षातमा पनि पानी जम्ने खेतका गरामा भने थोरै किसानहरुले रोपाई गरेका छन् ।अर्को तिर पानीको मुहान नजिकै खेतहुने भक्तपुरका केहि किसानहरुले भने पालो पानी लगाउदै रोपाई गरी सकेका छन् ।
नगरकोट, बागेश्वरी, सुडाल, ताथली, सिपाडोल, झौखेल, भक्तपुर नगरपालिका, मध्यपुरनगरपालिका लगायतका केहि स्थानहरुमा विउ राखेको लामो समय भएकाले पानी तानेर भएपनि रोपाई गरेका छन् । असार १५ गते मनाइने धान दिवस नजिकै आउदाँ विगतमा हरियो देखिने भक्तपुरका धेरै फाटँ यसपाली पनि समयमा रोपाई हुन सकेको छैन ।