असार ६,
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी विधेयकबारे आफूले ‘सामन्तवाद’ भन्दै नभनेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाए प्रश्नको जवाफ दिने क्रम मन्त्री बाँस्कोटाले आफूले सामन्तवाद भनेको भए प्रमाण ल्याउन चुनौती दिए ।
प्रतिपक्षी सांसद डिला संग्रौलाले गुठीमा अझै सामान्तवाद भनेको भन्दै मन्त्री बाँस्कोटासँग जवाफ माग गरेकी थिइन् । संग्रौलाको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने, ‘आरोप लगाइरहन पाइन्छ । तर त्यसको पनि पुष्टि गर्नुपर्छ ।’ सांसदहरुले उठाएका प्रश्नहरुप्रति असन्तुष्ट रहेका उनले अझै केही ठाउँमा सामन्तवादको अवशेष रहेको बताए । उनले भने, ‘पानी धमिल्याएर माछा मार्न सकिन्छ भन्ने कोही भ्रममा पर्नु भएको छ भने त्यो सपना नदेखे हुन्छ ।’
उनले कसैले पनि तिललाई पहाड नबनाउन आग्रह गरे । भने, ‘नभएको कुरा भन्ने र आफूले आँखा छोपेपछि सबै अध्यारो छ भन्ने भ्रम नराखे हुन्छ । भ्रमको पछाडि नदौडिए हुन्छ