Wednesday, September 23, 2026
Home शिक्षा लोक सेवा आयोगलाई सर्वोच्च अदालतको निर्देशन ‘समावेशिताको आधारमा पुनः विज्ञापन गर्नु’

लोक सेवा आयोगलाई सर्वोच्च अदालतको निर्देशन ‘समावेशिताको आधारमा पुनः विज्ञापन गर्नु’

218

असार ४,
काठमाडौँ । सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो । लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । पहिलो रिटमा छलफलका लागि मंगलबार लोक सेवा आयोगलाई बोलाएको सर्वोच्चले बुधबार सबै रिटमा संयुक्त छलफल गरेर यस्तो निर्देशन दिएको हो ।