असार ४,
काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको आवाज नसुने सरकारका विरुद्ध जे पनि गर्न सक्नेचेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद कर्णले सरकारले आफूहरुको आवाज नसुनेकाले अब आफूहरु पनि कडा आन्दोलनमा गर्न वाध्य हुने बताएका हुन् ।
‘रोष्ट्रम घेर्न नसकेर हामी चुपचाप बसेका होइनौं तर सिस्टम नबिग्रियोस् भनेर धैर्य भएका हौं’ कर्णले भने ‘आवश्यक परे हामी रोष्ट्रम घेर्न पनि सक्छौं, सरकारलाई ख्याल होस् ।’ कर्णले लोकसेवाको विज्ञापनको बारेमा पनि सरकारको ध्यानाकर्षण गराए। जनताको हकहित विपरीत सरकारले ल्याएका विभिन्न विधेयक फिर्ता लिन पनि उहाँले सरकारलाई आग्रह गरेका छन् । राजपाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेकोमा आपत्ति जनाएका छन् ।