माइतीघरमा गुठी विधयेकको बिरोधमा बिशाल प्रदर्शन, ट्राफिक अस्तव्यस्त

278

असार ४,
काठमाडौँ । माइतीघर मण्डलामा गुठी विधयेकको बिरोधमा बिशाल प्रदर्शन भएको छ । सरकारले विधयेक फिर्ता लिएपनि खबरदारी गर्न भन्दै प्रदर्शन भएको हो । काठमाडौँको विभिन्न स्थानबाट र्याली गर्दै प्रदर्शनकारी हरु माइतीघर पुगेका थिए । बिरोधका कारण काठमाडौँ उपत्यका भरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको छ । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले त्यस क्षेत्रको सवारीसाधनलाई डाइभर्ट गरेको छ । डाइभर्जनपछि भित्री सडकमा चाप परेको छ ।

कहाँ जाने सवारी कता डाइभर्ट ?
१.सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ ।
२.कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोरको बाटो पठाईएको छ ।
३.त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटी तर्फ पठाईएको छ ।
४.नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुल तर्फ पठाईएको छ ।
५.पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।
६.भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वर तर्फ पठाईएको छ ।
७.पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।