प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने तरुण दलका कार्यकर्ता पक्राउ

388
Photo credit Ratopati.com

असार १,
काठमाडौँ । युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दल काठमाडौंका सभापति कृष्णजी खड्काले जानएका छन् । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।