बीबीसी, जेठ २६,
काठमाडौँ । उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ। न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ‘ सामान्य बुझाइ भन्दा बाहिर रहेको’ बताएका छन्।
यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५सम्म उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग सम्बन्धी औषधीको घातक मात्रा दिएका थिए। उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा लिइएको छ।
अभियोजनकर्ताहरूले भनेका छन् उनले सहकर्मीहरू माझ आफ्नो प्रभाव जमाइ राख्न विरामीहरुलाई औषधीको घातक मात्रा दिन्थे र त्यसपछि उनीहरुलाई बचाउने कोसिस गर्दथे। एक जना पूर्वसहकर्मीले जर्मन पत्रिका बिल्डलाई भनेका छन्, मुटुको धडकन कमजोर भएका विरामीहरुलाई बचाउने प्रयासमा हुगल सँधै अग्रसर रहन्थे। बयानको अन्तिम दिनमा ४२ वर्षिय हुगलले उनले मारेका विरामीहरुका परिवासंग आफूले गरेको “भयानक काम”का लागि माफी मागेका छन्। “मैले विगतमा तपाईहरूप्रति गरेको सबै कामका लागि माफी माग्छु,” उनले भने।
हुगललाई डेलमेनहर्स्ट र ओल्डेनबर्गका उत्तरी सहरहरूमा सयौं बिरामीहरू मारेको आरोप लागेको थियो। उनले त्योभन्दा धेरै विरामीहरू मारेको हुनसक्ने प्रहरीको विश्वास छ तर उनीहरूको अन्तिम संस्कार गरिएसंगै सबै सम्भावित प्रमाण नष्ट भएको हुन सक्ने ठानिएको छ। हुगलले ५५ वटा हत्या गरेको स्वीकार गरेका थिए र ओल्डेनबर्गस्थित अदालतले उनलाई ८५ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको जर्मन संचार माध्यमहरूले जनाएका छन्। उनलाई सजाय सुनाउँदै न्यायाधीश ब्युर्मेनलेअदालतले मृतकहरूका अझै धेरै आफन्तका लागि अन्योल हटाउन नसकेकोमा अफसोस जनाएका छन्। बर्लिनस्थित बीबीसीकी जेनी हिल भन्छिन् उक्त मुद्दाले जर्मनीलाई स्तब्ध पारेको छ।