रिता बोलखे,
जेठ २२,
भक्तपुर । पृर्व कर्मचारी समाज नेपाल केन्द्रीय समिती काठमाडौले आयोजना गरेको कार्यक्रममा पृर्व कर्मचारी समाज नेपालले स्थापना भएको ७ औं महीनामा “समभाव” स्मारीका तयार गरि मंगलवार सार्वजनिक गरिएको छ । प्रमुख अथितिको रुपमा रहेका नेपाली कांग्रेसका केन्द्री सदस्य प्रकाशमान सिंहको हातबाट पृर्व कर्मचारी समाज नेपालको स्मारीका “समभाव” सार्वजनीक भएको हो । उक्त स्मारिका लेखको माध्यमबाट समाजको परिवर्तनमा ठुलो सहयोग पुर्याउने र पुर्व कर्मचारी समाज नेपाल ७७ वटै जिल्लामा विस्तार हुने भन्ने आशा बोकेको नेता सिंहले बताए । साथै उनले भने सरकारले हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिरहेको छ । सरकारले मिडिया देखि मानवका हक अधिकार सम्मका हरेक कुरामा सरकारले नियन्त्रन गर्न खोजिरहेको छ । नेपाली कांग्रेसको मुख्य चुनौती भनेको पुर्व कर्मचारी नेपाललाई संस्थागत गराउनु हो । जनताको विश्वसनीय पार्टीको रुपमा स्थापित भएकोले यसलाई समसामायिक विषयमा लिनुपर्द छ । अहिले सम्म नेपाली कांग्रेश पुरानै ढाँचा, संरचना, र संगठनमा चलिरहेको छ । पार्टीका हरेक नेता कार्यकर्ताहरुले पार्टीको कमजोरी थाहा पाएर पनि चुप लागेर बसिरहेको र अव सवै जना मिलेर पार्टीलाई अगाढी लैजानु पर्ने उनको धारणा रहेको नेता सिंहले बताए ।
यसैगरी पुर्व कर्मचारी नेपाल भक्तपुरका जिल्ला सभापतिले अहिले दुई तिहाईको सरकार छ कतै यो सरकारले पेन्सन काटि दिन्छकी भन्ने डर भएको बताए । पुर्वकर्मचारी समाज नेपालमा व्यक्तिहरुको उपस्थिति कमि भएको र वक्ता धेरै र स्रोता कम भएको यो स्वरुपलाई परिवर्तन गर्नुपर्ने उनले बताए । कार्यक्रम गर्ने क्रममा कतै कमि कमजारी हुन गएको हुन् सक्छ । यहाँ व्यक्तिहरुको उपस्थितिको अभाव भएको छ । हामीले मञ्च ठाउँ र पार्टी पाउछौं तर कार्य गर्न र कर्तव्य पालना गर्न पछाडी हट्छौं ।
उक्त कार्यक्रमलाई महासचिव ऋषरमा आचार्यले उद्घोषन गरेका थिए भने सभापतिको रुपमा समाजका केन्द्रिय अध्यक्ष बटुकृष्ण सिंह रहेका थिए । कुष्ण बानिया सवुज, दुर्लव कुमार थापा र ललितपुर जिल्ला ने.का. सभापतिको विशेष अथितिको रुपमा रहेका थिए । साथै अन्य अथितिको पनि उपस्थिति भएको थियो । (प्रशिक्षार्थी पत्रकार)