विनोद चौधरीलाई मोदीको निम्तो

58

जेठ १६,
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि भारत गएका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीले आज सपथ ग्रहण गर्ने कार्यक्रम छ। भारतको राष्ट्रपति कार्यालयबाट मोदीको सपथ ग्रहणमा सहभागिताका लागि निम्तो आएपछि चौधरी बिहीबार भारत गएका हुन्।

मोदीले आफ्नो सपथ ग्रहणमा विम्स्टेक देशका सरकाररराष्ट्र प्रमुखलाई बोलाएका छन्। मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजै नयाँ दिल्ली जाँदै छन्। मोदीले बेलुकी ७ बजे सपथग्रहण गर्ने कार्यक्रम छ। मोदी मन्त्रीमण्डलका मन्त्रीले पनि आजै सपथ लिनेछन्। सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा पनि चौधरी सहभागी थिए। मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहेको चौधरी ग्रुपले जनाएको छ।