भक्तपुरको रानीपोखरी जीर्णोद्धारमा जुट्यो नगरपालिका

215

जेठ ५,
भक्तपुर । काठमाडौंको भन्दापनि केहीदशक पुरानो रानीपोखरी भक्तपुरमा पनि छ । हाल उक्तपोखरीलाई जिर्णोद्धार पूननिर्माण गर्ने कार्यमा भक्तपुर नगरपालिका सक्रियताका साथ लागि परेको छ । काठमाडौंको रानीपोखरी पूर्ननिमार्णका लागि आवश्यक डकर्मी र प्राविधीक समेत पठाएको नगरपालिकाले केही समय पछि आफ्नो क्षेत्र भित्र रहेको पोखरी सर्वसाधरणका लागि हेर्न लायक बनाउने तयारी गरेको हो ।

 

भक्तपुरको सल्लाघारी नजिक रहेको रानीपोखरी काठमाडौंको रानीपोखरी भन्दा ४० वर्ष पुरानो रहेको इतिहास विदहरुको भनाई छ । यो पोखरी भक्तपुरका मल्ल राजा जगज्योति मल्लले नेपाल संवत् ७५० अर्थात् १६८७ सालमै निर्माण गरेका थिए भन्ने किम्वदन्ती रहेको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ सल्लाघारीमा सैनिकआवासिय महाविद्यालयको परिसर भित्र रहेको पोखरी हाल जिर्ण अवस्था रहेको छ । अन्य समयमा सर्वसाधरका लागि बन्दहुने रानीपोखरी भक्तपुरका विभिन्न नेवार समुदायको देवाली पुजाको दिनमात्र खुल्ला रहने गरेको थियो ।

वि.स २०३४/०३५ सालबाट उक्तपोखरी नेपाली सेनाको अधिनमा रहेको छ । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सेनाले पोखरीको क्षेत्र ब्यारेकबाट छुटाएर पुनर्निर्माण गर्न र सर्वसाधारण सँगै आन्तरिक तथा बाह्यपर्यटकलाई अवलोक नगर्न पाउने सहमति दिएको बताए । उनले भने लामो समयको “बहस र छलफलपछि नेपाली सेनादेशकै जेठो रानीपोखरी जीर्णोद्धार र खेलमैदान खुलागर्ने विषयमा सहमत भएको छ । ”

प्रधानसेनापति पूर्णचन्द्र थापासँग भएको छलफलपछि सेनाले सहमति दिएको उनले बताए । शनिबारबाट पोखरीको नाप, नक्सातयार गर्ने काममानगरपालिका इन्जिनियरहरु लागि सकेका छन् । अबमौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी अघि बढेको छ । नगरपालिकाले ऐतिहासिक तथा धार्मिक सांस्कृतिक महत्वको रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा नै पुनर्निर्माण गर्ने तयारी रहेको नगरप्रमुख प्रजापतिले बताए ।“पोखरीको जीर्णोद्धार भएपछि आवश्यक सुरक्षा व्यवस्था मिलाएर ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने छन्, नगर प्रमुखप्रजापतिले भने ।”तस्विरः अमितप्रजापति, भनपा